INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी बराहताल गाउँपालिका– २ की २२ वर्षीया मानकुमारी रावतलाई फागुन २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।

पति ऋषिराज रोकायले अर्को विवाह गरी कुटपिट र घरेलु हिंसा गरेकाले पीडित महिलाले सोही विषयमा कानुनी उपचारका लागि समस्या भइरहेकोले आवतजावत गर्न र कानुनी शुल्कमा समस्यामा परेको बताउनुभयो ।

मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा माघ ११ गते निवेदन दिनुभएको थियो । निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको माघ २५ गते बसेको बैठकको निर्णय अनुसार नगद आठ हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनभयो ।

पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ । संयोजक सुवेदीले इन्सेकको सहयोगले कानुनी प्रकृयामा केही सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

 

Photo20240214Surkhet

अन्य

भिडियो