INSEC Online

📅 २०८३ जेष्ठ २१

भ्रष्टाचार गरेको आरोपमा एक जनालाई मोसो दलेर दुर्व्यवहार

आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई ०८० माघ २८ गते मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी) का कार्यकर्तााहरुले मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

०७८ सालमा निर्माण गरिएको सिँचाइ ओजनामा महरले भ्रष्टाचार गरेको आरोपमा वैद्य नेतुत्वका कार्यकर्ताहरुले मोसो दलेर दुर्व्यवहार गरेको जानकारी प्राप्त भएको भए पनि घटनामा संलग्न भएकाहरुको पहिचान नखुलेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपकुमार कार्कीले बताउनु भयो ।

सिँचाइ योजनामा आफूले भ्रष्टाचार नगरेको र वैद्य नेतुत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले चन्दा माग गरेका तर आफूले चन्दा दिन नसक्ने बताएपछि मोसो र चम्पलको माला लगाएर आफूमाथि दुर्व्यवहार गरिएको पीडित महरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

यस भन्दा अगाडि पनि चन्दा नदिएको भन्दै वैद्य नेतुत्वका कार्यकर्ताहरुले आफूलाई कुटपिट गरी घाइते बनाएको भए पनि प्रहरीमा उजुरी नदएको तर यस पटक घटनामा संलग्नहरुको खाजी कार्य गरी सुरक्षाको माग सहित आलिताल प्रहरी चौकीमा उजुरी दिन गइरहेको पीडित महरको भनाइ छ ।

बाटोमा हिडिरहनु भएका महरमाथि मोसो दलर दुर्व्यवहार गरेको भिडिओ वैद्य नेतुत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडिओमा भ्रष्टाचार गर्ने होइन, दलाली गर्ने होइन, दलालहरुलाई यस्तै कारबाही हुन्छ र उपरान्त यस्तो कार्य नगर्न भनिएको सुनिन्छ ।

अन्य

भिडियो