बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जाजरकोटमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम खलङ्गाको ठाँटी बजारमा जम्मा भएका बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यहरूले भदौ १४ गते रानागाउँस्थित नेपाल रेडक्रस भवनको नजिक वृक्षरोपण गरेका हुन ।
हरेक वर्षबेपत्ता दिवस मनाउँदै आएको नेपाल रेडक्रसले यस वर्षपनि वृक्षरोपण गरेर मनाउने निर्णय गरेसँगै वृक्षारोपण गरिएको हो ।
बेपत्ता दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष मनबहादुर रावल, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जाजरकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमानबहादुर खड्का लगायत बेपत्ता पारिएका नागरिकका परिवार र अन्य सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।