INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपित गोलबजार नगरपालिका–४ का २१ वर्षीय रोहित दासलाई इलाका प्रहरी कार्यालय गोलबजारले ०८० माघ २५ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई मङ्सिर २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा पुस १ गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस १ गते भएको थियो ।

घटना पछि फरार रहेकाे आरोपितलाई विशेष सूचनाको आधारमा माघ २५ गते गिरफ्तार गरी माघ २६ गते जिल्ला अदालतबाट म्याद थप गराइ घटना बारे थप अनुसन्धान गरीरहेकाे इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीले बताउनु भयो ।

अन्य

भिडियो