INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट तथा घरेलु हिंसा घटनाका आराेपितहरु विरुद्ध उजुरी

परोहा नगरपालिका-७ नरकटिया टोलकी ३० वर्षीया किरण देवीलाई ०८० माघ १९ गते ३२ वर्षीय पति आलोक पटेल र परिवारका अन्य सदस्यहरुले कुटपिट गर्नुका साथै घरमा बस्न समेत नदिएकाे आराेपमा पीडितले माघ २१ गते जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिनु भयाे ।

आराेपित पति आलोक पटेल, ५५ वर्षीय ससुरा हरिन्दर पटेल, ५० वर्षीया सासू कौशल्या देवी पटेल, ३५ वर्षीय जेठाजु राजु पटेल, २५ वर्षीय देवर छोटेलाल पटेल, २२ वर्षीया नन्द पिंकी कुमारी पटेल र १९ वर्षीया नन्द रागिनी कुमारी पटेलले सामूहीक रुपमा कुटपिट गर्नुका साथै घरमा प्रवेश गर्न समेत नदिएकाे भन्दै पीडितले  माघ २१ गते जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिनु भयाे ।

पीडितकाे ०७७ सालमा आराेपित पतिसँग प्रेम विवाह भएकाे थियाे । विवाह पश्चातसँगै बस्दै आएकी पीडितलाई आराेपित पतिलगायत परिवारका अन्य सदस्यहरुले गर्भपतन गर्न दबाब दिदै कुटपिट गर्नुका साथै घरमा बस्न समेत नदिएकाे पीडितले बताउनु भयाे ।

साथै गर्भपतन गरे मात्र विवाह दर्ता तथा नेपाली नागरिकता बनाइ दिने र घरमा बस्न दिने पीडितले बताउनु हुँदै यस अघि पनि दुई पटक गर्भपतन गराइसकेको र याे तेस्रो पटक पनि पतिलगायत परिवारका अन्य सदस्यहरुले गर्भपतन गर्न आफूलाई शारीरिक तथा मानसिक दबाब दिएकाे उहाँले बताउनु भयाे ।

अन्य

भिडियो