INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–१ मिलन चोकका ३५ वर्षीय राजेन्द्र कार्कीलाई माघ २४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८० पुस ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ २४ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बूले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २५ गते गरिएको छ ।

अन्य

भिडियो