१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका-५, छालिङका २४ वर्षीय सुबेन्द्र लिगललाई प्रहरीले ०८० माघ २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भन्दै पीडितले पक्षले माघ २४ गते जिल्ला प्रहरी परिसरमा उजुरी दिएको थियो ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठकले पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई चाँगुनारायण नगरपालिका-५, छालिङबाट गिरफ्तार गरेको इन्सेकलाई जानकारी दिनुभयो ।
डिएसपी पाठकले भक्तपुर जिल्ला अदालतबाट माघ २४ गते पाँच दिनको म्याद थप गर्दै आरोपितलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २४ गते भक्तपुर अस्पतालमा भयो ।