१६ वर्षीया बालिकालाई बालविवाह गर्न लागेको भन्दै १७ वर्षीय बालक र बालिकालाई प्रहरीले माघ १९ गते गिरफ्तार गरेको छ ।
बालिका माघ १२ गते घरबाट हराएको भन्दै बालिकाकि आमाले सोहि दिन जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिनुभएको थियो । बालिका हराएको अनुसन्धान गर्दा पुतलीबजार– ४ का १७ वर्षीय बालकसङ्ग विवाह हुन लागेको जिल्ला प्रहरी कार्यालयमा सूचना आएको थियो । उक्त सूचनाका आधारमा प्रहरिले दुवैजनालाई गिरफ्तार गरेको हो ।
प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बेहुलि भित्राउन केही समय बाकि रहदा दुवैलाई गिरफ्तार गरेको बताउनु भयो ।
बालिकाकाे बुवाले बालक र बालककाे परिवार विरुद्ध बालविवाह कसुरमा माघ २० गते उजुरी दिनुभएकाे छ ।
उक्त घटनामा अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको रानाले बताउनु भयो ।