INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-१० का २७ वर्षीय तपसि यादवलाई भदौ १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको आरोपमा सोही दिन पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर जुगेश्वर राउतले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा भएको छ ।

अन्य

भिडियो