INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

इलामको माङसेवुङ स्थायी घर भई दमक नगरपालिका-७ श्रीपाली टोलमा बस्दै आएकी २८ वर्षीया ममिला राईको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति विनोद राईलाई गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८० माघ १७ गते पत्नीलाई कुटपिट गरेका थिए ।

कुटपिटका कारण ममिलाको माघ १८ गते मृत्यु भएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, दमकका डिएसपी मनोजकुमार लामाले बताउनु भयो ।

शवको पोष्टमार्टम दमक अस्पतालमा माघ १८ गते गरिएको छ ।

पीडित पक्षले शव बुझी माघ १८ गते रतुवा खोलामा सद्गत गरेको छ ।

अन्य

भिडियो