INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शुभकालिका गाउँपालिका–४ का २६ वर्षीय परेक शाहीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा ०८० माघ १८ गते उजुरी दिनु भएको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर १५ गते ललाइ फकाइ भारतको बङ्गलोर पुर्याएर बलात्कार गरेको र त्यहाँबाटै बेचबिखन गर्न खोजेपछि आफ्न्तको सहारामा नेपाल आएर पीडितले उजुरी दिनु भएको हो ।

पीडितले  आरोपित विरुद्ध उजुरी दिएपछि घटनाको अनुसन्धानका लागि आरोपितको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर पोषण थापाले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ १८ गते जिल्ला  अस्पतालमा भएको छ ।

अन्य

भिडियो