बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीलाई ०८० माघ ७ गते मोसो दल्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला संयोजकलाई प्रहरीले ०८० माघ १७ गते गिरफ्तार गरेको छ ।
बागलुङको ताराखोला गाउँपालिका १ भुस्कातका ४४ वर्षीय प्रविण भन्ने पूर्णबहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय बागलुङले उनकै गाउँबाट गिरफ्तार गरेको हो ।
माघ १८ गते जिल्ला प्रशासन कार्यालय बागलुङबाट म्याद थपको अनुमती लिएर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसुर शिर्षकमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।