INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका-८ सेमिङ्गका ५६ वर्षीय चुडाबहादुर कार्कीलाई माघ १६ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०८० माघ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १६ गते जिल्ला प्रहरी कार्यालय, भोजपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ १६ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बुले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १६ गते गरिएको छ ।

अन्य

भिडियो