INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

इनरुवा नगरपालिका-८ गणेशपुर ऋषिदेव टोलका ७० वर्षीय ज्येष्ठ नागरिक चिकचिलिया ऋषिदेवको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीउ चिवु ऋषिदेवलाई माघ १५ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८० माघ ११ गते बाबुलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते चिकिचिलियाको उपचारका क्रममा माघ १५ गते कोशी अस्पतालमा मृत्यु भएको थियो ।

उपचारका क्रममा मृत्यु भएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकृष्ण भण्डारीले बताउनु भयो ।

शवको पोष्टमार्टम कोशी अस्पतालमा माघ १५ गते गरिएको छ ।

पीडित पक्षले माघ १५ गते शव बुझी माघ १६ गते इनरुवा नगरपालिका-८ स्थित घाटमा सद्गत गरेको छ ।

अन्य

भिडियो