INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्षद्वारा गाउँपालिका उपाध्यक्षमाथि कार्यकक्षमै हातपात

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष ४६ वर्षीया ढिकी गुरुङलाई सोही गाउँपालिका-४, कागबेनीका वडा अध्यक्ष ३४ वर्षीय तेञ्जिङ गुरुङले भदौ १२ गते दिउँसो कार्यकक्षमै हातपात गरेको पीडित पक्षले जानकारी दिएको छ । सो गाउँपालिकामा रहेको एम्बुलेन्सका बारेमा कुराकानी चलिरहँदा आफूमाथि गुरुङले एक्कासी हातपात गरेको पीडितको भनाई छ ।

सो घटनापछि इलाका प्रहरी कार्यलय कागबेनीमा उजुरी गर्न जाँदा आरोपितका बुवा नेपाली काङ्ग्रेसका जिल्ला कार्यबाहक अध्यक्ष नोर्बु गुरुङले पनि प्रहरीकै अगाडि कपाल तानेर कुटपिट गरेको पीडितले बताइन् । उजुरी गर्न जाँदा गुरुङले थप कुटपिट गरेपछि प्रहरीले आरोपितद्वयलाई गिरफ्तार गरेको जनाएको छ ।

सो घटनाका बारेमा जिल्ला प्रहरी कार्यलय मुस्ताङका डिएसपी हरिहरनाथ योगीले आरोपित दुवै जनालाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको बताए ।

अन्य

भिडियो