वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुरकी २७ वर्षीया अस्मीता रोकायलाई १७ वर्षीय छोराले माघ १५ गते मरणासन्न हुनेगरी कुटपिट र गाली बेइज्जत गरेको आरोपमा आरोपितविरुद्ध पीडितले माघ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
आरोपितले कुटपिट र गाली बेइज्जत गर्दै ज्यान मार्ने धम्की दिएको पीडितले आरोप लगाउनुभयो ।
आरोपितविरुद्ध उजुरी दर्ता भएपछि माघ १६ गते दुबै पक्षलाई बोलाएर थप कानुनी प्रकृया अघि बढाउने जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्षण बहादुर शाहीले बताउनुभयो ।