INSEC Online

📅 २०८३ जेष्ठ २२

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

खाँदवारी नगरपालिका-९ तुम्लिङटारकी ६२ वर्षीया ज्येष्ठ नागरिक दिलकुमारी घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला, धरान उपमहानगरपालिका-१३ जिरोपोइन्टका ३० वर्षीय दीपेन भनिने आकाश राईलाई माघ ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपित ०८० माघ ६ गते बञ्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अशोककुमार जबेगुले बताउनु भयो ।

ज्यामी काम गर्दै आएका आरोपितलाई धरान उपमहानगरपालिका-२ देशीलाइनस्थित एक गेष्टहाउसबाट माघ ११ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आमाको शङ्कास्पद मृत्यु भएको भन्दै जेठा छोरा सुभाष घिमिरेले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका क्रममा वृद्धाको हत्या भएको इन्स्पेक्टर अशोककुमार जबेगुले बताउनु भयो ।

हत्या कारण खुल्न बाँकी रहेपनि वृद्धाको लगाएको सुनका लागि हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा माघ ७ गते गरिएको थियो ।

पीडित पक्षले शव बुझी माघ ७ गते खाँदवारी नगरपालिका-९ सतिघाटमा सद्गत गरेको छ ।

अन्य

भिडियो