INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका-११की २३ वर्षीया दुर्गाकुमारी विकलाई २९ वर्षीय पति विनोद विकले माघ ११ गते मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पतिविरुद्ध पीडितले माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

आरोपितले हरेक दिन आफूलाई गालीगलोज गर्ने र कुटपिट गर्ने गरेको पीडितले आरोप लगाउनुभयो ।

आरोपितविरुद्ध उजुरी दर्ता भएपछि माघ १४ गते दुबै पक्षलाई बोलाएर थप कानुनी प्रकृया अघि बढाउने महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्दका प्रमुख सई संगीता रसाईलीले जानकारी दिनुभयो ।

अन्य

भिडियो