१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा-२२ का १९ वर्षीय इन्द्रजित रामलाई भदौ ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा भदौ ११ गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद अस्पतालमा भदौ ११ गते भएको थियो ।