INSEC Online

📅 २०८३ जेष्ठ २१

बालक हत्या घटनाका आरोपित गिरफ्तार

रोल्पा जिल्लाको परिवर्तन गाँउपालिका–४ पाछाबाङका घर भइ हाल रुकुम पश्चिम जिल्लाको मुसीकोट नगरपालिका–११ मा बस्दै आएका १४ वर्षीय निर्मल डाँगीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३२ वर्षीय चन्द्रबहादुर पुनलाई माघ ७ गते गिरफ्तार गरेको छ ।

बालकलाई आरोपितले माघ ७ गते खुकुरी प्रहार गरी हत्या गरेको र सोही ठाँउका ४१ वर्षीय सुकलाल पुन घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नमराज भट्टराईले जानकारी दिनुभयो ।

डिएसपी भट्टराईका अनुसार बालकको घाँटी रेटेर हत्या गरिएको छ । घटना दिउँसो १२ बजे भएको हो । बालक दिदिको घरमा बसेर मुसीकोट नगरपालिका–६ स्थित बाल कल्याण माध्यामिक विद्यालय झुल्खेतमा कक्षा–७ मा अध्ययनरत थिए ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

पीडितपक्षको तर्फबाट अहिले सम्म लिखित उजुरी आएको छैन । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताउनु भयो ।

अन्य

भिडियो