१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैचा नगरपालिका-६ का २४ वर्षीय काले भनिने संयोग चौधरीलाई माघ ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० पुस १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ ४ गते इलाका प्रहरी कार्यालय, वेलवारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन दाहालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा माघ ४ गते गरिएको छ ।