२१ वर्षीय छोराको हत्या गरेको आरोपमा ४२ वर्षीय बाबुविरुद्ध माघ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।
छोरालाई माघ १ गते राति बञ्चरो प्रहार गरेर हत्या गरी फरार भएका बाबुविरुद्ध मृतकका काकाले जाहेरी दिएको जिल्ला प्रहरी कायर्कालयका निमित्त प्रवक्ता इन्स्पेक्टर कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।
१९ वर्षीया छोरीलाई गत असोज २७ गते बाबुले बलात्कार गरेको भन्दै २१ वर्षीय छोराले प्रहरीमा कात्तिक १५ गते जाहेरी दिएका थिए । उजुरी परे लगत्तै आरोपित फरार भएका थिए । बहिनीको बलात्कार गर्ने बाबुविरुद्ध प्रहरीमा आरोपित दिएको रिसमा हत्या गरेको उजुरीमा उल्लेख गरिएको छ ।
मुद्दा परेपछि आरोपित र कान्छी पत्नीसहित भागेर भारत गएका थिए । भारतबाटै योजनाबद्धरुपमा आएर हत्या गरेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएको इन्स्पेक्टर कृष्णबहादुर खड्काले बताउनु भयो ।
घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रसिंह थापा, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट सई नारायण शर्मा, प्रहरी हवलदार टिकाराम आचार्य र नेपालगन्जबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा गएर विस्तृत अनुसन्धान गरिरहेको एसपी थापाले बताउनु भयो ।
शवको पोष्टमार्टक माघ ४ गते प्रदेश अस्पतालमा भयो ।