INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आराेपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका-१२ का ४५ वर्षीय उपेन्द्रसिंह कुशवाहालाई ०८० पुस २९ गते इलाका प्रहरी कार्यालय गौशालाले गिरफ्तार गरेकाे छ ।

उक्त घटनामा संलग्न अर्का एक जना आराेपित साेही वडाका १९ वर्षीय विपिन महताे फरार रहेकाेले उनकाे खाेज तलास भइरहेकाे इलाका प्रहरी कार्यालयका इन्सपेक्टर मनाेज यादवले बताउनु भयाे ।

आराेपित कुशवाहा र महताेले बालिकालाई पुस २१ गते राति साढे ८ बजे ललाइफकाइ बलात्कार गरेको भन्दै पीडित परिवारले पुस २९ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिनु भयाे।

पीडितकाे स्वस्थ्य परिक्षण माघ १ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयाे ।

अन्य

भिडियो