१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश बलराम त्रिपाठीको इजलासले ०८० पुस २९ गते भरतपुर महानगरपालिका-१६ का २७ वर्षीय सन्तोष परियारलाई १० वर्ष कैद सजाय र ५ लाख रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ ।
पीडित युवतीलाई ०७९ चैत २ गते बलात्कार गरेको भन्दै परियार विरुद्ध पीडित पक्षले चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले परियारलाई चैत ४ गते गिरफ्तार गर्यो । पीडितको स्वास्थ्य परीक्षण चैत ४ गते भरतपुर अस्पतालमा भएको थियो ।
प्रहरीले परियार विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् चैत २७ गते जबर्जस्ती करणी अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतको सोही दिनको आदेशले परियारलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।