बरहथवा नगरपालिका–१७ का २३ वर्षीय रुपेश वैठाले अन्तरजातीय विवाह गरेकै कारण उनीमाथि बरहथवा नगरपालिका–१७ श्रीपुरका वडाध्यक्ष रामविश्वास रायकाे अगुवाईमा भएकाे कुटपिट र जरिवानाको घटना सार्वजनिक भएकाे छ ।
पीडित वैठाले यादव समुदायकी युवतीसँग ०८० साउन २८ गते अन्तरजातीय प्रेम विवाह गरी ईटहरीमा लुकीछिपि बस्दै आइरहेका थिए । तर केही दिन पश्विचात युवतीका आफन्तले रुपेश वैठा र युवतिलाई ईटहरीबाट खोजतलास गरी घर ल्याई कात्तिक १६ गते वडाध्यक्ष रामविश्वास रायकाे उपस्थितिमा रुपेश वैठासहित चार जनालाई २ लाख रुपियाँ जरिवाना गर्ने निर्णय गरेको साेही वडाका दलित अगुवा महेश पासवानले जानकारी दिनु भयो ।
पासवानका अनुसार विवाह गरेका युवक वैठा र उनलाई सहयोग गर्ने बरहथवा नगरपालिका–१७ कै जलिन्दर यादवलाई एक/एक लाख र बरहथवा नगरपालिका–१८ का ३१ वर्षीय बेचन राय र २७ वर्षीय दिपेश राम चमारलाई ५०/५० हजार जरिवाना गरेको थियो । साे रकम एक हप्ता भित्र तिर्नु पर्ने समय पनि ताेकिएकाे थियो । जस मध्ये दिपेश राम चमारले जरिवाना रकम तर्न नसक्दा कात्तिक २० गते युवति पक्षले उनकाे घरबाट भैंसी खोलेर लगेको विषयमा विवाद भयाे । विवादकाे क्रममा झडप हुदा ७ जना दलितहरु घाइते भएकाे दलित अगुवा पासवानले जानकारी दिनु भयो ।
घाइतेहरुको प्राथमिक उपचार बरहथवाकाे सन्तन अस्पतालमा भयाे भने थप उपचार प्रादेशिक अस्पताल मलंगवा र जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भयाे ।