INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले लमजुङ दूधपोखरी गाउँपालिका– ६ घर भई भानु नगरपालिका– ३ कालामाटा बस्ने २१ वर्षीय सलिन मगरलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायधीश चन्द्रकुमार पोख्रेलको ०८० पुस २६ गतेको इजलासले कसुर ठहर गर्दै सजायसँगै ५ लाख रुपियाँ जरिबाना ५० हजार रुपियाँ क्षतीपुर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिनु भयो ।

पीडित बालिकालाई ०७८ चैत १५ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले ०७८ चैत १८ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परिक्षण ०७८ चैत १८ गते दमौली अस्पतालमा भएको थियो ।

अन्य

भिडियो