INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित विरुद्ध उजुरी

धनगढीमाई नगरपालिका—११ का ७८ वर्षीय हरेराम यादवलाई हत्या गरेको आरोपमा उनका भाइ ६८ वर्षीय गंगा प्रसाद यादव र भतिजा ३२ वर्षीय जिवछ यादव विरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानलमा ०८० पुस २४ गते उजुरी दिए ।

आरोपितहरूले पुस २४ गते रुख काटेको आरोपमा कुटपिट गर्दा उपचारको लागि लहान स्थित प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत्यु भएको बताए पछि कारवाहीको लागि उजुरी दिएको मृतकका छोरा श्यामसुन्दर यादवले बताए । शवको पोष्टमार्टम प्रादेशिक अस्पताल लहानमा पुस २४ गते भयो ।

घटनाको जानकारी हुनासाथ आरोपितहरूलाई खोज तलास गरिरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टले बताउनु भयो ।

अन्य

भिडियो