INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला सुरुगां नगरपालिका—७ का ३३ वर्षीय देवेन्द्र प्रसाद चौधरीलाई इलाका प्रहरी कार्यालय लहानले ०८० पुस २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले युवतीलाई पुस २४ गते बलात्कार गरेकोले कारवाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा पुस २४ गते उजुरी दिएको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा पुस २४ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाहीको लागि पुस २५ गते अदालतबाट म्याद थप गराएको बताउनु भयो ।

अन्य

भिडियो