१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका-९ का २४ वर्षीय श्याम बर्देवालाई पुस २३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० पुस १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २३ गते इलाका प्रहरी कार्यालय, वेलवारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका क्रममा पुस २३ गते घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन दाहालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा पुस २४ गते गरिएको छ ।