कोशी प्रदेशसभामा ६ महिनापछि सभामुख चयन हुनु भएको छ ।
कोशी प्रदेशसभाको सभामुखमा राप्रपाका सांसद अम्बरबहादुर विष्ट सर्वसम्मत चयन हुनु भएको हो ।
कोशी प्रदेशसभाको ०८० पुस २४ गतेको बैठकले विष्टलाई सभामुखमा सर्वसम्मत चयन गरेको उपसभामुख सिर्जना दनुवारले बताउनु भयो ।
सभामुखबाट बाबुराम गौतमले ०८० साउन १६ गते राजीनामा दिएपछि सभामुख पद खाली थियो ।
कार्यव्यवस्था समितिको बैठकले ०८० पुस २४ गते सकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयको आधारमा पुस २४ गते बसेको प्रदेशसभा बैठकले निर्वाचन सम्बन्धी तालिका प्रकाशित गर्ने प्रस्ताव पारित गरेको थियो ।
सोही प्रस्ताव अनुसार सार्वजनिक भएको निर्वाचन तालिका अनुसार विष्टले सभामुख पदका लागि उम्मेदवारी दिनु भएको थियो ।
प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्तिप्रसाद सिटौला तथा समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेश गर्नु भएको छ ।
उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख सिर्जना दनुवारले निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो ।