माई नगरपालिका-६ विहीबारेका १९ वर्षीय जीवन राईको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबु दिलकुमार राईलाई पुस २३ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरेका आरोपितले ०८० पुस २३ गते छोरालाई खुकुरी प्रहार गरेको र घाईते जीवनको उपचारका क्रममा वि एण्ड सी, विर्तामोडमा पुस २४ गते विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जवेगुले बताउनु भयो ।
कक्षा ११ मा अध्ययनरत छोरालाई खुकुरी प्रहार गरेपछि आरोपितविरूद्ध स्थानीयले प्रहरीलाई खबर दिएका थिए ।
स्थानीयको दिएको सूचनाका आधारमा आरोपितलाई पुस २३ गते गिरफ्तार गरि अनुसन्धान थालिएको डिएसपी जवेगुले बताउनु भयो ।
शवको पोष्टमार्टम मेची अस्पताल, भद्रपुरमा पुस २४ गते गर्ने तयारी गरिएको छ ।