INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी र प्रदर्शनकारीबीच झडप, एक जनाको मृत्यु

बरहथवा नगरपालिकामा प्रहरी र प्रदर्शकारी बीच ०८० पुस २० गते झडप हुँदा एक जना प्रदर्शनकारी को मृत्यु भएको छ ।

बरहथवा नगरपालिकाको प्रथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा बरहथवा नगरपालिकाका प्रमुखसँग विवाद हुँदा नेपाली कांग्रेसका कार्याकर्ताहरूले बरहथवा नगरपालिकाका प्रमुख विरुद्ध सडकमा विरोध प्रदर्शन तथा ढुङ्गामुढा गर्नुका साथै नगर प्रमुख कल्पना कुमारी कटुवालको घरमा आगजनी प्रयास गरेपछि प्रदर्शनकारी र प्रहरी बीच झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्दा सोही नगरपालिका-६ का ३१ वर्षीय जयशङ्कर साहको गोली लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गंगा बहादुर थापाले जानकारी दिनु भयो ।

उक्त घटनाका सम्बन्धमा गृह मन्त्रालयको पुस २१ गते गरेको निर्णय अनुसार प्रेस विज्ञप्ति जारी गर्दै सत्य तथ्य छानविन गरी सात दिन भित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयको पुस २१ गतेको निर्णय अनुसार गृह मन्त्रालयका सचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डिआइजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भिम बहादुर बढाथोकी रहेको तीन सदस्यीय छानविन समिति गठन गर्‍यो ।

साथै नेपाल सरकारको तर्फबाठ मृतकको परिवारलाई रहत स्वरुप दश लाख रुपियाँ उपलब्ध गराउने र छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी सम्माननीय प्रधानमन्त्रीज्यूबाट निर्देशन भयो ।

अन्य

भिडियो