INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बारा जिल्ला, कलैया उपमहानगरपालिका ६ विद्यानगरका ३५ वर्षीय संजय चौधरी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० पुस १५ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले पुस १३ गते रोशी गाउँपालिका-९, मङ्गलटारस्थित पसलमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १४ गते धुलिखेल अस्पतालमा भयो । आरोपितलाई प्रहरीले पुस १४ गते गिरफ्तार गर्‍यो ।

अन्य

भिडियो