इलामको माङ्सेबुङ्ग गाउँपालिका-४ स्थायी घर भइ दमक नगरपालिका-२ मखमली टोलमा बस्दै आएकी ६० वर्षीया इन्द्रकुमारी विश्वकर्माको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति धनबहादुर विश्वकर्मालाई पुस १४ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले ०८० पुस १४ गते खुकुरी प्रहार गरी पत्नीको गरेको आरोपमा पतिलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।
खुकुरीले टाउकामा प्रहार गरेका कारण इन्द्रकुमारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
शवको पाेष्टमार्टम मेची प्रादेशिक अस्पताल, पुस १५ गते गर्ने तयारी गरिएको छ ।