INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालिकालाई बलात्कार गरेका आरोपित पर्सागढी नगरपालिका-७ रघुनाथपुर का २० वर्षीय देवनारायण महरालाई प्रहरीले ०८० पुस १३ गते गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय एकटाङ्गाबाट खटिएको सम्युक्त प्रहरी टोलीले पुस १३ गते विहान ११ बजे महरालाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्सपेक्टर रामराजा केशरीले जानकारी दिनु भयो ।

आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको इन्सपेक्टर केशरीले बताउनु भयो । कात्तिक १५ गते महराले बलात्कार गरेकाे भन्दै पीडितले दिएको उजरी प्रहरीले मङ्सिर २९ गते दर्ता गरि कारवाही अगाडी बढाएको उहाँले बताउनु भयाे ।

अन्य

भिडियो