जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका वडा सचिव ५५ वर्षीय नवीन मिश्रालाई सोही ठाउँका २५ वर्षीय संजय दास भन्ने बोतलले ०८० पुस ११ गते कुटपिट गरेको भन्दै पीडितले पौष १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भयो ।
वडा कार्यालयमा कामको लागि आएका आरोपितले एक्कासी हातपात गरेको पीडित मिश्राले बताउनु भयो ।
पीडितको स्वास्थ्य उपचार पुस ११ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।
घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवाले बताउनु भयो ।