INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू गिरफ्तार

आत्महत्या दुरुत्साहन घटनाका आरोपितह गोलबजार नगरपालिका—१० का २९ वर्षीय उमेशकुमार महतो र २८ वर्षीया संगिता महतोलाई इलाका प्रहरी कार्यालय गोलबजारले ०८० पुस १० गते गिरफ्तार गरेको छ ।

२० वर्षीया सिता कुमारी महतोलाई ०८० मङ्सिर २३ गते उनका पति उमेश र जेठानी संगिता महतोले आत्महत्या दुरुत्साहन गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा मङ्सिर २४ गते उजुरी दिएका थिए । ०८० वैशाखमा छोरीको विवाह गरेको तर घर परिवारले मिलेर यातना दिएको कारण छोरीले मङ्सिर २३ गते आत्महत्या गरेकोले आरोपितहरू विरुद्ध उजुरी दिएको मृतकका पिता सियाराम महतोले बताए । शवको पोष्टमार्टम प्रादेशिक अस्पताल लहानमा मङ्सिर २४ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीका अनुसार आरोपितहरूलाई गिरफ्तार गरी अदालतबाट १० दिनको म्याद थप गराएको बताउनु भयो ।

अन्य

भिडियो