INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडित महिलालाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा पीडित महिलाको न्यायिक प्रक्रियालाई सहज बनाउन इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले पुस १३ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

गोदावरी नगरपालिका–१ की घरेलु हिंसा घटनाका पीडित ४० वर्षीया सोमतीदेवी वि.क.लाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले न्यायिक प्रक्रियाका लागि आर्थिक सहयोग स्वरुप ८ हजार रुपियाँ प्रदान गरेको हो ।

photo20231213kailali (2)

पीडित महिलाले खानलाउन, मानाचामल तथा अंश मुद्दा जिल्ला अदालतमा दर्ता गर्नु भएको भए पनि आर्थिक अभावका कारण न्यायिक प्रक्रियामा समस्या देखिएको भन्दै एडभोकेसी फोरमका सुदुरपश्चिम प्रदेश संयोजक पुष्पबिक्रम शाही र वडा कार्यालयले इन्सेकलाई कानुनी प्रक्रियामा सहयोग गरि दिन सिफारिस गर्नु भएको थियो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका प्रलेख अधिकृत अधिकृत कृष्णबहादुर विश्वकमाले बताउनु भयो ।

आर्थिक अभावका कारण कानुनी प्रक्रिया असहज भएको अवस्थामा इन्सेकले सहयोग गरेको भन्दै पीडित महिलाले इन्सेकलाई धन्यवाद दिनु भयो ।

 

अन्य

भिडियो