INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गाेलबजार नगरपालिका-९ का ८० वर्षीय ज्येष्ठ नागरिक जुमन मियाँलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० पुस ६ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई पुस ५ गते बलात्कार गरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस ६ गते उजुरी दिएको पीडित बालिकाको हजुरआमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस ६ गते भएको थियो ।

घटनाको जानकारी हुना साथ आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका ईन्सपेक्टर रामप्रसाद सापकोटा बताउनु भयो ।

अन्य

भिडियो