१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौँ महानगरपालिका-३२, नयाँ बानेश्वरस्थित भिएस निकेतन कलेजका इङ्ग्लिस विषयको शिक्षक ३० वर्षीय अम्मर प्रधानलाई प्रहरीले ०८० पुस ६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले खाजा खुवाउने बहानामा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले पुस ६ गते प्रहरी वृत्त, नयाँ बानेश्वरमा उजुरी दिएको थियो ।
भिएस निकेतनकी प्रधानाध्यापक सङ्गिता श्रेष्ठका अनुसार आरोपित शिक्षकले खाजा खुवाउने बहानामा यौन दुर्व्यवहार गरेका थिए । पीडितले जानकारी दिएपछि आरोपित शिक्षकलाई तत्कालकाे लागि जिम्मेवारीबाट बर्खास्त गरिएकाे प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुङ्गेलका अनुसार पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।