INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

७ वर्षीया बालिकालाई पटक–पटक यौन दुव्र्यवहार गरेको भन्दै पीडित बालिकाकी आमाले १५ वर्षीय बालक विरुद्ध २०८० पुस २ गते जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी दिनुभएको छ ।

पीडितको परिवारले मङ्सिर २८ गते प्रहरीमा मौखिक उजुरी दिएको आधारमा आरोपित बालकलाई प्रहरीले मङ्सिर २९ गते गिरफ्तार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार घटना एक वर्ष अघिको भएको र बालिकाले अहिले आएर परिवारका सदस्यलाई जानकारी गराएपछि उजुरी परेको हो ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण पुस २ गते मध्यविन्दु जिल्ला अस्पतालमा भएको छ ।

अन्य

भिडियो