INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–१३ का ३१ वर्षीय सागर श्रेष्ठलाई पुस २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बूले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २ गते गरिएको छ ।

अन्य

भिडियो