२७ वर्षीया शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले क्व्होलासोथार– ७ का ५२ वर्षीय शेरबहादुर भाटलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ०८० मङ्सिर २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ०८० मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपित विरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०८० मङ्सिर २३ गते जिल्ला अस्पतामा गरिएको छ ।