माहावोई गाउँपालिका-२ गेलाका ३३ वर्षीय भिमबहादुर शाहीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ ।
सुर्खेत जिल्ला घर भएकी नाम नखुलेकी एक युवतीसँग बहुविवाह गरेको आरोपमा भिमबहादुरकी जेठी पत्नी भगवती शाहीले जिल्ला प्रहरी कार्यालय कालिकोटमा साउन ३१ गते बहुविवाहसम्बन्धी उजुरी दिएकी थिइन् ।
आरोपित शाहीले साउन ३० गते बहुविवाह गरेपछि कान्छी पत्नीलाई गाउँको घर माहावोई गाउँपालिका-२ गेलामा लगेका थिए । आरोपित शाहीले आफूले बहुविवाह नगरेको दावी गरेका छन् । कान्छी पत्नी फरार रहेको प्रहरीले जनाएको छ ।