INSEC Online

📅 २०८३ जेष्ठ २१

 निर्वाचन आचारसंहिता भदौ १ गतेदेखि लागू

निर्वाचन आयोगले आगामी असोज २ गते प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा सम्पन्न हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न भदौ १ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको राससले जनाएको छ ।

निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय निकायरतह, स्थानीय निकाय/तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत् निकायमा कार्यरत सुरक्षाकर्मी, निर्वाचन संलग्न कर्मचारी र राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठनलाई लागू हुनेछ ।

त्यस्तै, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था र सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि सोही मितिदेखि आचारसंहिता लागू हुने आयोगले जनाएको छ । उम्मेदवारको हकमा उम्मेदवारले मनोनयन दर्ता गर्ने मिति अर्थात भदौ २१ गतेदेखि आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

अन्य

भिडियो