INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आराेपितविरूद्ध उजुरी

११ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्वत बिहादी गाउँपालिका– ६ घर भई हाल कालिगण्डकी गाउँपालिका– ६ बस्ने ४७ वर्षीय खिमप्रसाद भट्टराईविरुद्ध जिल्ला प्रहरी कार्यालयमा  मङ्सिर २६ गते उजुरी दर्ता भएको छ ।

पीडितद्वयलाई आरोपितले मङ्सिर २४ गते भिडियो देखाउने निहुँमा यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा एसपी नविन किशोर प्रधानले जानकारी दिनुभयो ।

आरोपित उपर बलात्कार सम्बन्धी कसुरमा मुद्दा अनुसन्धान भइरहेको एसपी प्रधानले बताउनु भयो ।

घटनाको सूचनाको आधारमा प्रहरीले आरोपितलाई मङसिर २५ गते गिरफ्तार गरेको थियो ।

पीडितद्वयको मङ्सिर २६ गते गुल्मी अस्पताल तम्घासमा, स्वास्थ्य परीक्षण गरिएको थियो ।

 

अन्य

भिडियो