INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

खैरहनी नगरपालिका-१०, मुसहर बस्तीकी २७ वर्षीया राधिका माझीमाथि कुटपिट गरेको आरोपमा पति ३२ वर्षीय गर्भा माझीलाई प्रहरीले ०८० मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

आरोपित माझी विरुद्ध पीडित पक्षले मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितका अनुसार आरोपितले मङ्सिर २७ गते घरायसी विवाद हुँदा पत्नीलाई ढुङ्गा प्रहार गरी कुटपिट गरेका थिए । उक्त कुटपिटबाट पीडित गम्भीर घाइते हुनुभएको उहाँले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य उपचार भरतपुर अस्पतालमा भइरहेको छ ।

अन्य

भिडियो