आफ्नो नामबाट अर्कैले नागरिता लिएपछि पीडित भएका रास्कोट नगरपालिका–८ का ३२ वर्षीय देवराज धमालाले इन्सेकको पहलमा नागरिकता प्राप्त गर्नु भएको छ ।
सोही ठाँउका गंगाराम धमालाले भारतबाट एकजना नागरिक ल्याएर देबराजको नाममा नागरिकता दिएको पीडित हुनुभएको थियो । वास्तविक देबराज धमाला नागरिकता नपाएर पीडित भएर कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेकले कालिकोटमा गठन गरेको मानव अधिकार रक्षक सञ्जालमा सहयोगको लागि भदौ २ गते निवेदन दिनु भएको थियो ।
पीडितको निवेदन पश्चात इन्सेकको निरन्तर पहलमा मंसिर २२ गते पीडित देवराजले नागरिकता प्राप्त गर्नु भएको छ । पीडित ०५२ साल मङ्सिर ५ गते जन्मनु भएकाे उहाँले इन्सेक लगाएत मानव अधिकारकर्मीको पहलमा २८ वर्षको उमेरमा नगरिकता पाउँदा खुसी हुनु भएको छ ।
पीडितले नागरिकता वनाउने प्रक्रियामा जान समस्या भएको भन्दै निवेदन दिएपछि इन्सेकले धमलालाई कानुनी प्रक्रियामा जान भदौ ७ गते ५ हजार नगद पनि सहयोग गर्नुका साथै आवश्यक पहल गर्दै आएको थियो ।
२० वर्ष भारत वसेर आफ्नो घर फर्केका पीडितले साउन १४ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु भएको थियो । पीडित धमलाको निवेदन आएपछि प्रमुख जिल्ला अधिकारले वडाध्यक्ष लगाएत सबैलाई बोलाएर नकक्ली नागरिकता रद्द गर्न मन्त्रालयमा पठाइएको पठाउनु भएको थियो । नक्कली धमलाको नागरिकता क्याविनेटबाट रद्द भइ आएपछि पीडितले नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी गराउनु भयो ।
कमजोर आर्थिक अवस्थाका कारण खान बस्न समेत समस्या भएका पीडितलाई नागरिकताको कानुनी प्रक्रियामा जाने प्रयोजनाका लागि इन्सेकले रु ५ हजार रुपियाँ नगद प्रदान गरेको हो ।
नागरिकता पाएपछि पीडित धमलाले कानुनी प्रक्रियामा जान इन्सेकले गरेको सहयोग धन्यवाद व्यक्त गर्नु भयो ।
आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा जान नसकेका गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले सहयोग गर्दै आएको र यसले पीडितलाई न्यायको पहुँचसम्म पुग्न सहज भइरहेको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भयो ।
