INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको गोली लागेर उदयपुरका राई घाइते

ललितपुर महानगरपालिका-३, झम्सिखेलमा ०८० मङ्सिर २६ गते प्रहरीले चलाएको गोली लागेर उदयपुरका ४० वर्षीय अविनाश राई घाइते हुनुभएको छ ।

दाहिने घुँडामा गोली लागेर घाइते हुनुभएका राईको उपचारका लागि महाङ्कालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीका अनुसार लागु औषध कारोबार समेत रहेका राईलाई गिरफ्तार गर्न गएको प्रहरी टोलीमाथि गोली प्रहार गरेर फरार हुन खोज्दा प्रहरीले राईलाई नियन्त्रणमा लिन गोली प्रहार गरेको थियो ।

प्रहरीले घटनास्थलबाट एक थान कटुवा पेस्तोल एक थान, दुई राउण्ड गोली र लागु औषध Amphetamine (ATS ) समेत बरामद गरिएको एसपी रेग्मीले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो