बहुविवाह गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका-३ दर्लामचौरका ४४ वर्षीय टुमबहादुर खत्री र ३६ वर्षीया हुमकला खत्रीलाई साउन २९ गते गिरफ्तार गरेको छ ।
३९ वर्षीया पीडित महिला सुमित्रा खत्रीले साउन २२ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा आरोपितद्वविरूद्ध बहुविवाह गरेको आरोपमा उजुरी दिएकी थिइन् ।
पीडितका अनुसार आरोपितद्वयले गत असार ३० गते बहुविवाह गरेका थिए । पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादवले बताए ।